नियम २०
मेलमिलापकर्तालाई नियुुक्तिपत्र दिनु पर्ने
(१) नियम १८ बमोजिम मेलमिलापकर्ता नियुक्त गरेपछि सम्बन्धित पक्षहरुले त्यस्तो मेलमिलापकर्तालाई अनुसूची–७ बमोजिमको ढाँचामा नियुक्तिपत्र दिई सोको जानकारी सम्बन्धित मुद्दा हेर्ने निकायलाई दिनु पर्नेछ ।
(२) नियम १९ बमोजिम मुद्दा हेर्ने निकायबाट नियुक्त भएको मेलमिलापकर्तालाई मुद्दा हेर्ने
निकायले उपनियम (१) बमोजिम नियुक्तिपत्र दिनु पर्नेछ ।
(३) मुद्दा हेर्ने निकायले मेलमिलापकर्ता नियुक्त भइसकेपछि सोको अभिलेख अनुसूची–८ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।